गरिमाका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिसोर्ट एण्ड स्पा’मा ३५% सम्म छुट

काठमाडौं । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्नका लागि गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिसोर्ट एण्ड स्पा’सँग सम्झौता गरेको छ । होटलको डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षक छुट रहेको बैंकले जनाएको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्नेे ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिनसक्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनार्ईएको छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.