‘गरिमा समृद्धि योजना’ले ५.१०% नगद लाभांश वितरण गर्ने निर्णय

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सामूहिक लगानी कोष अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ ले आर्थिक वर्ष २०८१/८२ का लागि ५.१० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ ।

साउन १५ गते बिहीबार अपरान्ह ४ः०० बजे बसेको योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको ८१ औं बैठकले सो निर्णय गरेको हो । लाभांश वितरणका लागि साउन २७ गते, मंगलबार इकाईधनी दर्ता किताब बन्द हुने जानकारी गरिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

सञ्चालक समितिको निर्णयअनुसार तोकिएको मितिसम्म कायम रहेका इकाईधनीहरूले उक्त लाभांश प्राप्त गर्न सक्नेछन् । गरिमा समृद्धि योजनाको यो निर्णयले इकाईधनीहरूको लगानीमा प्रतिफल दिने विश्वास दिलाएको छ भने भविष्यमा लगानीकर्ताको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.