गणित शिक्षा परिषद कास्कीले परिवर्तित पाठ्यक्रमबारे तालिम गर्ने

पोखरा । गणित शिक्षा परिषद कास्कीले परिवर्तित पाठ्यक्रमबारे तालिम गर्ने भएको छ । असार १६ गते बिहीबार बसेको कार्यसमितिको दोस्रो बैठकले सो निर्णय गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७८/२०७९ बाट परिवर्तन गरि लागू गरिसकेको कक्षा ४, ७ र ९ को पाठ्यक्रमको विषयमा र सम्बन्धित विषय शिक्षकमा पाठ्यक्रम , मुल्यांकन ,प्रश्न निर्माण,परियोजना कार्य जस्ता क्षेत्रमा रहेको अन्योलता हटाउने उदेश्यले तालिमको आयोजना गर्ने भएको हो ।

असार २४ गते शुक्रवार १ दिने कार्यशाला संचालन गर्ने निर्णय गरेको परिषदका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए ।

jutta mela

उक्त कार्यशालामा बिशेष गरि नयाँ पाठ्यक्रमले समेटेको विद्यार्थी मुल्यांकन , प्रश्न निर्माण,परियोजना कार्य जस्ता विषयलाई प्रमूख प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

तालिम सम्बन्धित क्षेत्रमा बिशेषज्ञता हासिल गरेका गणित विषयका शिक्षक तथा प्राध्यापकले सहजीकरण गर्नेछन् ।

तालिममा कास्की जिल्ला भरिका संस्थागत र सामुदायिक विद्यालयका कक्षा ४, ७ ,र ९ कक्षामा गणित विषय अध्यापन गर्ने बढि भन्दा बढि शिक्षकहरुको उपस्थिती गराउने गशिप कास्किको लक्ष्य छ।

साथै बैठकले थप दुई जनालाई कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । मनोनीत हुनेमा महेन्द्र पौडेल र अम्विक बराल रहेका छन् । त्यस्तै गरि बैठकले विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाड्फाड गरेको छ ।

जसमा मिडिया समितिको संयोजकमा विजय आचार्य ,सदस्यहरुमा जयराम कायस्थ र कला बराल त्यस्तै तालिम समितिको संयोजकमा स्थिर बाबू सुवेदी सदस्यहरुमा विकल पौडेलर हरिकृष्ण पोख्रेल, क्वलिटि सर्कल समिति संयोजकमा मदन थापा सदस्यहरुमा याद बहादुर अधिकारी र अम्बिक बराललाई चयन गरिएको छ ।

बैठकले सल्लाहकार समिति पनि चयन गरेको छ सल्लाहकार समितिको सदस्यहरुमा डा. त्रिभुवन शर्मा, चिन्तामणि शर्मा ,बावुराम पन्त वेद प्रसाद शर्मा,महेश्वर पोख्रेल र केशव अम्गाई रहेका छन् ।

You might also like

Comments are closed.