गौतम स्कुलकी राशी पराजुलीले ल्याइन् एसईईमा ४ जिपीए

काठमाडौं  । बुधबार सार्वजनिक भएको एसईईको नतिजामा गौतम स्कुल विरगञ्जबाट परिक्षा दिएकी राशी पराजुलीले ४ जिपिए ल्याउन सफल भएकी छन् ।

यस बर्षको माध्यमिका शिक्षा परीक्षा (एसईई )को नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको थियो । एसईई परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए।

यसवर्ष परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । त्यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० देखि ३ दशमलव २० र ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८० जीपीए ल्याएका छन् ।

त्यस्तै एक लाख १२ हजार ७३३ जनाले २ देखि २ दशमलव ४ जीपीए र एक लाख ५९४ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका छन् । १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६ र ० दशमलव ८० जीपीएदेखि १ दशमलव २ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको छ ।

 

You might also like

Comments are closed.