गरिमा बैंकले स्तरोन्नति गर्दै परिर्वतन गर्‍यो मोबाइल बैंकिङ एप

काठमाडौं ।  गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैंकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ ।

यससँगै, अब यस विकास बैंकको मोबाईल बैंकिङ एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ । ‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरि विभिन्न सुविधाहरु जसअन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाईल बैकिङ्ग एप ‘डिजि बटुवा’ अझ बढि सुरक्षित एवं ग्राहकमैत्री भएको छ । यस विकास बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्न सकिनेछ ।

यस विकास बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाईल बैंकिङ मार्फत पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो ।

हाल बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिदै आईरहेको छ ।

You might also like

Comments are closed.