गरिमा विकास बैंकले मङ्सिर ७ गते ‘गरिमा रोड रेस प्रतियोगिता–२०८१’ गर्दै

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस प्रतियोगिता–२०८१’ आयोजना गर्ने भएको छ । यही आउँदो मङ्सिर ८ गते शनिवार प्रतियोगिता गर्ने बैंकले जनाएको छ ।

खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको ‘गरिमा रोड रेस प्रतियोगिता–२०८१’ हुनेछ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुने बताइएको छ । खुल्लातर्फको १० किलोमिटर प्रतियोगितामा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् ।

कर्पोरेट तर्फको ५ किलोमिटर प्रतियोगितामा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीले मात्र सहभागिता जनाउन सकिने बैंकले जनाएको छ । यस प्रतियोगिताको महिला र पुरुषतर्फको गरी चारवटै प्रतिस्पर्धामा प्रथम, द्धित्तिय, तृत्तीय, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीलाई नगद क्रमशः रु. ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

यस प्रतियोगितामा प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले यही मङ्सिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

निर्धारित सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ । वार्षिकोत्सवको अवसरमा काठमाडौंमा ‘गरिमा रोड रेस प्रतियोगिता–२०८१’ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ ।

विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका ७ वटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउदै आइरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

lcci
You might also like

Comments are closed.