गरिमा विकास बैंकका ग्राहकलाई जोय स्टोरमा एप्पलका सामान खरिदमा २० प्रतिशत छुट

काठमाडौं । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र गरिमा विकास बैंकका तर्फबाट पुतली सडकका शाखा प्रबन्धक सुजित नेपालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपालको आईफोनको आधिकारीक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा गरिमा विकास बैंकका कर्मचारी तथा ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन् । जोय स्टोरका अनुसार सो छुट एप्पलका उत्पादन अनुसार गरिमा विकास बैंकका कर्मचारी तथा ग्राहकले अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलमा उत्पादन उपलब्ध गराउनका लागि सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए । ‘छुटका लागि कर्मचारीले गरिमा विकास बैंकको परिचय पत्र र ग्राहकले गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट या गरिमा विकास बैंकले प्रदान गरेको अन्य कुनै माध्यमबाट रकम भुक्तानी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलमा सामान उपलब्ध गराउने छ ।’

जोय स्टोर नेपालमा एप्पलको उत्पादनहरु बिक्री गर्ने आधिकार बिक्रेता हो । जसले काठमाडौंको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारीक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । जोय स्टोरका प्रबन्ध सञ्चालक शर्मा ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्तालाई एप्पलमा जेनुयन उत्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारी बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जो स्टोरले एप्पलका उत्पादनहरु आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड, हेडफोन र अन्य एसेसोरिज बिक्री गर्दै आएको छ ।

आफ्ना कर्मचारी तथा ग्राहकलाई एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन एप्पलको आधिकारीक विक्रेता जोय स्टोरसँग सम्झौता गरिएको गरिमा विकास बैंकका शाखा प्रबन्धक सुजित नेपालले जानकारी दिए । ‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नु हो,’ उनले भने, ‘सोही अनुरुप हामीले कर्मचारी तथा ग्राहकलाई सामान खरिदका छुटको व्यवस्था सहित एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन आधिकारीक बिक्रेता जोय स्टोरसँग सम्झौता गरेका हौं ।’

जोय स्टोरले एप्ललको म्याक बुक, आईप्याड तथा एप्पल वाच खरिदमा दुई वर्षको वारेन्टी उपलब्ध गराएको छ । यसैगरी आईफोनमा दुई वर्षको वारेन्टी र एक वर्षको इन्स्योरेन्स सेवा समेत दिएको छ । साथै त्यसरी फोन तथा म्याकबुक खरिदका लागि ईएमआई सेवा समेत उपलब्ध गराएको जोय स्टोरले जानकारी दिएको छ ।

lcci
You might also like

Comments are closed.