गरिमा विकास बैंक १५ औ वर्षमा प्रवेश

काठमाडौं । ‘Access to All’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेड १४औं वर्ष पार गरि १५औं वर्ष प्रवेश गरेको छ । यस यात्रामा निरन्तर साथ दिनेसेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभ चिन्तकहरु प्रति बैंकले कृतज्ञता प्रकट गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवं कर्जा खाताहरु मार्फत ग्राहक माझ संचालनमा रहेको यस विकास बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सुचकहरुमा सन्तोषजनक प्रगति गर्दै आईरहेको छ ।

यस विकास बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको ।

हरेक वार्षिकोत्सवमा बैंकले रक्तदान कार्यक्रमलाई महत्वका साथ निरन्तरता दिदै आएको छ । वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय – लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न भएको रक्तदान कार्यक्रममा यस बैंकले ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेको हो । उक्त कार्यक्रमबाट १ हजार १ सय५५ प्वाइन्ट रगत संकलन भएको छ ।

त्यसैगरिनिरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले १५आ वाार्षिकोत्सवको अवसर पारेर एकसाथ ५ वटा शाखा कार्यालयहरुको कारोबार शुभारम्भ गरेको छ । पथरी शाखा (मोरङ्ग), झुम्का शाखा (सुनसरी), सातदोबाटो शाखा (ललितपुर), माछापोखरी शाखा (काठमाडौं) र गुलरिया शाखा (बर्दिया)को एकसाथ कारोबार शुभारम्भ गरिएको हो । यस सँगै गरिमा विकास बैंकको शाखा संजाल ११५ पुगेको छ ।

You might also like

Comments are closed.