ग्लोबल आईएमई बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

ग्लोबल आईएमई बैंकको १६औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको मंसिर २३ गते शुक्रबार बसेको साधारणसभाले बैंक अफ काठमाण्डूसँग मर्जरमा जाने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने /गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश सेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो प्रस्तावित बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

बैंकको साधारणसभाले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू गाभ्ने/ गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) स्वीकृत गरेको छ ।

त्यस्तै बैंकको आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद व्याज आम्दानी तर्फ गत वर्ष भन्दा १ अर्ब १५ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत बर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ ।

हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।बैंकले हाल देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८९० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

 

 

lcci
You might also like

Comments are closed.