ग्लोबल आइएमई बैंकको ६३ औँ एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा संचालन

म्याग्दी। ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ४, तातोपानीमा बैंकको ६३ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिनेलगायत सेवाहरु उपलब्ध हुनेछन्। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

You might also like

Comments are closed.