जनकपुर । जनकपुरको धनुषा जिल्ला साबिक फूलगामा गा.बि.स वडा नं ५ मा वि.सं २०४३ साउन ५ मा जन्मिएकी अञ्जु साहको १५ वर्षको उमेरमा नगराईन नगरपालिका वडा नं ४ निवासी बंजरगी साहसंग २०५८ साल फागुन २८ गते विवाह भयो ।
विवाह अघि परिवारमा खासै दुःख नगरेकी अञ्जु विवाह पछि पारिवारिक जिम्मेवारीमा परिन् र विवाह भएको तीन बर्ष पछि पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो । त्यसपछि २ छोरालाई जन्म दिएकी अञ्जुलाई परिवारमा थप जिम्मेवारी थपिदै गयो । घर व्यवहारमा खर्च बढ्न थालेपछि उनी चिन्तित बन्न थालिन् ।
आर्थिक अवस्था कमजोर रहेकाले घर बसेर मात्र के गर्नु, भविष्यको लागि आय आम्दानी हुने काम केही गर्नु पर्छ भन्ने सोचमा उनी पुगिन् । यसका लागि उनलाई आर्थिक सहयोगको आवश्यकता थियो । उनी आफ्नो आवश्यकताको परिपूर्ति गर्नका लागि पैसाको खोजीमा लागिन् । तर, गाउँघरमा सयकडा ३ का दरले पैसा पाउन पनि गाह्रोे रहेको अवस्थामा उनको विचार, जोस जाँगर तुहिन थाल्यो ।
यसैक्रममा ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाले सामुहिक जमानीमा बिना धितो कर्जा लगानी गर्ने थाहा पाएकी उनी यसभन्दा पहिला लघुवित्त वित्तीय संस्था तथा समुहको बारेमा केही थाहा थिएन । आफ्ना छरछिमेकमा महिला दिदी बहिनीहरुको समुह बनाई आर्थिक उपार्जनका लागि लघुवित्त वित्तीय संस्थामा बसेर कर्जा लिन उनी पछि परिनन् ।
धनुषा जिल्लामा रहेको ग्लोवल आईएमइ लघुवित्त वित्तीय संस्थाको शाखा र्कायालय नगराईनका कर्मचारीहरुसंग उनको भेट भयो । छलफल गरी २०७६ चैत्रमा उनले आफनै गाउँ पूmलगामा १२ जना महिला दिदी बहिनीको समुह गठन गरिन् । उनले सोही समुहबाट सामुहिक जमानीमा बिनाधितो पहिलो कर्जा २०७६ चैत्र १० गतेका दिन ७५ हजार (अक्षरेपी पचहतर हजार रुपैया) कर्जा लिई सानो लगानीमा किराना पसल संचालन गरिन् ।
किराना पसलले दैनिकी चलाउन केही सहज बनाएको थियो तर, भविष्यको लागि आइपर्ने खर्चको जोहो गर्न किराना पसलको कमाइले मात्र नपुग्ने भएपछि अञ्जुले श्रीमानसंग सल्लाह गरेर थप अर्को व्यवसाय गर्न उद्योग वाणिज्य संघको कार्यालयमा दर्ता गराएर अर्को व्यवसाय पनि गर्ने निर्णय गरिन् ।
दोस्रोपटक समुह जमानीमा नै २०७७ साल फागुन महिनामा १ लाख ५० हजार (अक्षरेपी एकलाख पचास हजार मात्र) कर्जा लिई छोराको नाममा कृष्णा अलमुनियम वर्क सप खोलिन् । छोरीको विवाह पश्चात दुई जना छोरासहित हाल उनको चार जनाको परिवार रहेको छ । आफु किराना पसल चलाउँछिन् भने श्रीमान् अलमुनियम वर्कशप चलाउँछन् ।
यसरी दुबै व्यवसाय फस्टाउदै गएपछि बजारमा समान ढुवानी गर्नका लागि उनीहरुले एउटा मोटर साइकल पनि खरिद गरे । हाल उनले किराना पसलमा सामानहरु थप्नका लागि ४० हाजर कर्जा लिएकी छिन् । उनी भन्छिन् “अहिले हामी हाम्रो परिवार खुसी छाैं । सुखी सम्पन्न परिवार सबैको चाहना हो । मेरो मेहनत र ग्लोवल आईएमइ लघुवित्त वित्तीय संस्थाको सहयोगले आज म यो ठाउँमा छु ।”
सामान्य लेखपढ मात्र गरेकी अञ्जु अहिले आफैं बचत तथा कर्जाको हिसाब राख्न र अरुलाई बुझाउन सक्ने भएकी छिन् । समुहमा बस्नु अघि मानिसको अगाडि बोल्न डराउने उनी अहिले आफनो केन्द्रको नेतृत्व गर्छिन् । उनी थप भन्छिन् “मेहनती र सीप भएका तर आर्थिक रुपले पछि परेका महिला दिदी बहिनीहरुका लागि यो ग्लोबल आईएमइ लघुवित्तले सहयोग गरी महिलाहरुलाई आत्मनिर्भर, तथा उद्यमी बनाउन भरपूर सहयोग गरेको छ र भविष्यमा पनि गर्नेछ भन्ने आशा लिएकी छु ।’
Comments are closed.