ग्लोबल आइएमई र नेसनल लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्सेमा) सूचीकृत भएको छ।

आइतबार ग्लोबल आइएमईको ७१ लाख ३८ हजार ७२६ कित्ता र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ६० लाख ५२ हजार ७३७.२३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत र नेसनल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

jutta mela

सोही सेयर नेप्सेमा सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

You might also like

Comments are closed.