पालिष्ठा प्रजापतीलाई ग्लोबल कलेज इन्टरनेशनलमा शतप्रतिशत छात्रबृत्ती

काठमाडौं । क्यान्सरका कारण बाबु आमा दुवै गुमाएकी पालिष्ठा प्रजापतीले ग्लोबल कलेज इन्टरनेशनलमा शतप्रतिशत छात्रबृत्ती प्राप्त गरेकी छन् । मनिषा कोइराला क्यान्सर शिक्षा कोष (एमकेसिइएफ) अन्तर्गत चर्चित अभिनेतृ मनिषा कोइरालाले एमबिए अध्ययनका लागि उनलाई छात्रवृत्ती प्रदान गरेकी हुन् । यो कोषलाई ग्लोबल कलेज इन्टरनेसनलले सहयोग गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच अभिनेतृ मनिषा कोइराला, कलेजका प्रिन्सिपल डा. करण ठगुन्ना लगायतको उपस्थितिमा प्रजापतीलाई उक्त छात्रबृत्तीको प्रमाणपत्र प्रदान गरिएको छ । क्यान्सर पीडित विद्यार्थी वा बच्चाहरूले यो कोष अन्तर्गत ग्लोबल कलेज इन्टरनेशनलमा शतप्रतिशत छात्रबृत्ती पाउने व्यवस्था गरिएको छ ।

‘क्यान्सर पीडित विद्यार्थी वा बच्चाहरू जसका अभिभावकहरू क्यान्सरबाट पीडित हुन्छन् उनीहरूले ग्लोबल कलेज इन्टरनेसनलमा शतप्रतिशत निःशुल्क शिक्षा पाउनेछन्,’ पिन्सिपल ठगुन्नाले भने । अभिनेतृ कोइराला र प्रिन्सिपल गठुन्नाले छात्रबृत्ती प्राप्त गर्ने प्रजापतीको सफल शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गरेका छन् ।

देशभरबाट उपयुक्त विद्यार्थी छनोट गरी यो छात्रबृत्ती प्रदान गर्ने गरिन्छ । वर्षेनी ५० लाख रुपैयाँ बराबरको छात्रबृत्ती प्रदान हुन्छ ।

You might also like

Comments are closed.