ग्लोबलमा एमबिए विद्यार्थीको लागि करियर इन्क्युवेसन सेन्टर

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल (जिसिआई) काठमाडौंमा एमबिए अध्ययन गर्ने विद्यार्थीका लागि करियर इन्क्युवेसन सेन्टर स्थापना गरिएको छ । जिसिआई करियर इन्क्युवेसन सेन्टर जिसिआइको एक युनिट हो, जसले विद्यार्थीलाई अध्ययन पछि आफूले चाहेको क्षेत्रमा रोजगारीका लागि सक्षम र सवल बनाउँछ ।

जिसिआईमा एमबिए अध्ययनको लागि नयाँ भर्ना भएका विद्यार्थीले जिसिआई करियर इन्क्युवेसन सेन्टरमा नाम दर्ता गर्न पाउनेछन् । जिसिआइका अध्यक्ष डा.खगेन्द्रप्रसाद ओझा र प्रिन्सिपल डा.करण ठगुन्नाले जिसिआई करियर इन्क्युवेसन प्रोग्राममा मेन्टरको भुमिकामा रहेर मनिटरिङ गर्नेछन् ।

इन्क्युवेसन सेन्टरमा नाम दर्ता गरेका विद्यार्थीलाई एमबिएको अध्ययन सकेपछि रोजगारी प्रदान गरिने कलेजका प्रिन्सिपल डा. करण ठगुन्नाले बताए । ‘जिसिआई करियर इन्क्युवेसन सेन्टर एमबिएका विद्यार्थीका लागि युनिक जब प्लेसमेन्ट प्रोग्राम हो,’ उनले भने, ‘यस अन्तर्गत प्रथम सेमेष्टरका विद्यार्थीकालागि विशेषज्ञातका आधारमा ३ क्षेत्र छनोट गरिनेछ ।’

प्लेसमेन्स इन्क्युवेसन अन्तर्गत हाइड्रो, हस्पिटालिटी, कृषि, शिक्षा लगायतका क्षेत्र छन् । जब स्पेसिफिकेसन अन्तर्गत मार्केटिङ, अपरेसन/एडमिन, फाइनान्स÷एकाउन्टिङ छन् ।

विद्यार्थीलाई पहिलो दिनदेखि नै आफूले छनोट गरेको क्षेत्रको इन्टर्नसिपको काम दिइन्छ । ‘प्रथम सेमेष्टर सकेपछि विद्यार्थीलाई सिकाई प्रयोजनको लागि रियल टाइम इन्टर्नसिपको अवसर प्रदान गरिन्छ,’ ठगुन्नाले भने, ‘राम्रो ग्रेडका साथ प्रथम सेमेष्टर पुरा गरेपछि विद्यार्थीलाई सम्वन्धित एजेन्सीमा काम प्रदान गरिनेछ । एजेन्सीको नियम अनुसार इन्टर्न भत्ताको व्यवस्था हुनेछ ।’

प्रथम सेमेष्टरमा इन्टर पर्सनल स्किल्स एण्ड प्रोफेसनल डेभलपमेन्ट सेसन हुनेछ । जसको समयावधी १० हप्ता रहनेछ । दोस्रो र तेस्रो सेमेष्टरमा सम्वन्धित संस्थामा इन्टर्नसिप इन्क्युवेसन प्लेसिङ हुनेछ । चौथो सेमेष्टरमा म्यानेजमेन्ट ट्रेनीका रुपमा काम गर्न दिइनेछ ।

राम्रो जिपिएका साथ २ वर्षको अवधिमा एमबिए अध्ययन सकेपछि विद्यार्थीलाई छनोट गरेअनुशारको एजेन्सीमा राखिनेछ । जिसिआई विद्यार्थी मामिलाका डाइरेक्टर र एमबिए कार्यक्रमले इन्टर्न विद्यार्थीको समग्र पक्षको मूल्याङकन तथा सुपरीवेक्षण गर्नेछन् ।

You might also like

Comments are closed.