‘आउटरिच ओरिएन्टेसन वर्कसप’मा ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थी

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले बिटिटिएमका विद्यार्थीहरुका ‘आउटरिच ओरिएन्टेसन वर्कसप’ सम्पन्न गरेको छ ।

ओम अध्याय रिट्रिट रिसोर्ट मकवानपुरको टिस्टुङमा बिहीबार र शुक्रबार कार्यक्रम भएको प्रोग्राम कोअर्डिनेटर सुशान्त मरासिनीले जानकारी दिए । बिटिटिएम तेस्रो ब्याचमा भर्ना भएका विद्यार्थीका लागि कार्यक्रम गरिएकोे हो ।

कार्यक्रममा कलेजका प्रिन्सिपल डा. करण ठगुन्ना, डारेक्टर डा. सुबास श्रेष्ठ र स्थानीय पर्यटन व्यवसायी अर्जुनसिंह ठकुरीले पर्यटन व्यवसायको सम्भावना, अवसर र चुनौति लगायतका विषयमा विद्यार्थी विद्यार्थीसँग छलफल तथा अन्तरक्रिया गरेका थिए ।

यस अगाडि मार्च ५ देखि १४ सम्म कलेजले इन्डक्सन सेसन सञ्चालन गरेको थियो । बिटिटिएमको कोर्षमा प्रवेश गर्नु अगाडि व्यवसाय बुझ्नुपर्छ भनेर विद्यार्थीलाई फिल्ड भिजिट लगायतका कार्यक्रम सम्पन्न गरिएको कलेजले जनाएको छ ।

पर्यटनका विविध क्षेत्रमा नेतृत्व तहमा रहेका ९ जनाले इन्डक्सन सेसन सञ्चालन गरेका थिए । कलेजले यस अगाडिका वर्षमा पनि कक्षा सञ्चालन गर्नु अगाडि इन्डक्सन कार्यक्रम गर्दै आइरहेको थियो ।

You might also like

Comments are closed.