ए-लेभलका लागि नेपालकै उत्कृष्ट गन्तव्यः ग्लोबल कलेज इन्टरनेशनल

सुरेन्द्र पौडेल/काठमाडौं । एसईई पछि ए–लेभल (एड्भान्स लेभल) अध्ययन गर्ने धेरै विद्यार्थीको चाहना हुन्छ । संसारभर प्रतिस्पर्धा गर्नसक्ने अन्तर्राष्ट्रियस्तरको शिक्षा, व्यवहारिक ज्ञान तथा भविष्यको राम्रो सम्भावना तथा अवसरलाई मध्यनजर गर्दै विद्यार्थीहरु ए–लेभलमा आकर्षित हुन्छन् । संसारका उत्कृष्ट विश्वविद्यालयमा गएर सजिलै स्नातक अध्ययनको अवसर मिल्ने भएकाले पनि धेरै विद्यार्थी ए–लेभल अध्ययन गर्न रुचाउँछन् ।

नेपालमा ए–लेभल अध्ययन गराउने धेरै कलेजहरु खुलेका छन् । ए–लेभल अध्यापन हुने विभिन्न कलेजहरु मध्ये ग्लोबल कलेज इन्टरनेशनल (जिसिआई) ले छुट्टै पहिचान बनाउन सफल छ । काठमाडौंको मध्य बानेश्वरमा सन् २००९ देखि सञ्चालित यो कलेजले ए–लेभल शिक्षामा आफूलाई अब्बल बनाएको छ । फलस्वरुप देशभरका विद्यार्थीहरुको रोजाईमा कलेज पर्न सफल भएको प्रिन्सिपल डा. करणसिंह ठगुन्ना बताउँछन् ।

जिसिआई क्याब्रिज एसिसमेन्ट इन्टरनेशनल एजुकेसन एक्जामिनेसन सेन्टरको रजिष्टर्ड केन्द्र हो । क्याब्रिज एसिसमेन्ट इन्टरनेशनल एजुकेसन एक्जामिनेसन सेन्टरले अन्तर्राष्ट्रियस्तरको कोर्ष, परीक्षा र योग्यता प्रदान गर्छ । ‘ए–लेभल यस्तो कोर्ष हो, जसले विश्वका जुनसुकै स्थानमा गएर पनि उच्च शिक्षा प्राप्त गर्न तयार बनाउँछ,’ प्रिन्सिपल ठगुन्ना भन्छन् । यहाँको पढाईले यु.के.को ए–लेभल कोर्ष बराबरको मान्यता पाउँछ । यसलाई फ्रान्सको स्नातक, युरोपेली युनियनको विश्वविद्यालयले इन्ट्रान्सका लागि प्रायोरिटाइज्ड क्वालिफिकेसनको रुपमा लिने गरेका छन् । ए–लेभलको उत्कृष्ट ग्रेड अंग्रेजी भाषा बोलिने र नबोलिने दुवै खालका युनिभर्सिटी प्रवेशको लागि राम्रो मानिन्छ । ए–लेभलले उच्च शैक्षिक मापदण्डलाई प्रोत्साहन गर्छ । विश्वमा रहेका अंग्रेजी माध्यमका विद्यालयबीच ए–लेभल एक उत्कृष्ट प्रोफाइल हो ।

jutta mela

जिसिआईको मुख्य उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको अध्यक्ष डा. खगेन्द्र ओझा बताउँछन् । ‘विद्यार्थीका लागि आवश्यक ज्ञान, क्षमता, दक्षता, व्यावसायिक सिप प्रदान गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने, ‘विश्व वातावरणमा काम गर्नसक्ने प्रवन्धक, व्यवस्थापक, उद्यमी, सामाजिक व्यक्तित्व बन्न प्रेरित गर्दै विद्यार्थीको चाहना अनुसारको शिक्षा प्रदान गर्न सधैं तत्पर छौं ।’

उच्च शिक्षाको लागि इरासमस छात्रवृत्तीको लागि सम्झौता भएको नेपालकै पहलो कलेज हो ग्लोबल कलेज इन्टरनेशनल । विद्यार्थीलाई उत्कृष्ट बनाउन केयरिङ एण्ड कन्डक्टिङ वातावरणमा सिकाइन्छ । मार्गदर्शनका समकालीन दृष्टिकोणबाट विद्यार्थीमा रचनात्मकता र नवीनताको विकास गराइने ए–लेभल प्रोग्राम को–अर्डिनेटर सुरेन्द्रराज जोशी बताउँछन् । ‘विद्यार्थीलाई रमाइलो अनुभूति हुने गरी सिकाईलाई निरन्तरता दिइन्छ, जसले विद्यार्थीमा थप उत्साह ल्याउँछ,’ जोशी भन्छन्, ‘विद्यार्थीमा विश्वविद्यालय, विभिन्न कर्पोरेट संस्था र विश्वसँग संस्थागत सम्वन्ध स्थापना गर्नसक्ने क्षमता विकास गराउँछौं ।’

कलेजमा भर्ना हुन विद्यार्थीले तोकिएको मापदण्ड पुरा गर्नुपर्ने जोशीले बताए । मापदण्ड पुरा भएका विद्यार्थीले प्रवेश परीक्षामा भाग लिन पाउनेछन् । प्रवेश परीक्षामा सफल भएपछि अन्तरर्वार्ता हुनेछ र विद्यार्थी छनोट गरिन्छ । छात्रवृत्ती आवश्यक पर्ने विद्यार्थीको लागि कलेजले केही सिट छुट्याएको छ । विद्यार्थीको आवश्यकता पहिचान गरि छात्रवृत्ती प्रदान गरिने प्रिन्सिपल गठुन्नाले बताए ।

अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्नसक्ने विद्यार्थी उत्पादन गर्छौंः डा. खगेन्द्र ओझा, अध्यक्ष

गुणस्तरीय र विश्वव्यापी रुपमा आवश्यक पर्ने शिक्षा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल कलेज इन्टरनेशनलको स्थापना भएको हो । व्यावसायिक तथा पेशागत शिक्षाप्रेमी व्यक्तिहरुको संलग्नतामा स्थापना गरिएको जिसिआई कलेजले अन्तर्राष्ट्रियस्तरको शैक्षिक कार्यक्रम संचालन गरिरहेको छ । शैक्षिक उत्कृष्टताको लागि विद्यार्थी केन्द्रित नवीनतम शैक्षिक विधि तथा प्रविधिको प्रयोग गर्दै शिक्षण गर्दै आइरहेको छ ।

कलेजको फ्याकल्टी र म्यानेजिङ टिम तथा एजुकेटर्सले विद्यार्थीको सहजताको लागि जुनसुकै समयमा पनि नवीनतम शैक्षिक वातावरणमा काम गरिरहनुभएको छ । ग्लोबल कलेज इन्टरनेशनलले अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्नसक्ने विद्यार्थी उत्पादन गरिरहेको छ । द्रुत गतिमा परिर्वनशील भइरहेको विश्वमा जुनसुकै समयमा पनि बाँच्न र आफ्नो दक्षता प्रदर्शन गर्नसक्ने तथा आफ्नो जीवनको लक्ष्यमा सहजै पुग्नसक्ने क्षमता कलेजले विकास गराउँछ ।

गुणस्तरीय शिक्षा प्रदान गर्ने जिसिआईको योजना अन्तर्गत जिम्मेवारी बोधका साथ विभिन्न शैक्षिक कार्यक्रम संचालन गर्दै आइरहेको छ । साइन्स एण्ड टेक्नोलोजी, कम्प्युटर साइन्स, क्याब्रिज ए–लेभल, म्यानेजमेन्ट एडमिनिष्ट्रेसन लगायतका कोर्ष कलेजले संचालन गरिरहेको छ ।

विद्यार्थीलाई शैक्षिक आत्मविश्वासी, पेशागत सक्षमता, सामाजिक, सांस्कृतिक र नैतीकवान बनाउने शिक्षा प्रदान गर्दै आइरहेको छ जिसिआइले । औपचारिक शिक्षाको स्थल मात्र नभई व्यवहारिक तथा व्यावसायिक शिक्षा प्रदान गर्ने कारण विद्यार्थीको रोजाईमा पर्न सफल छ कलेज । क्याब्रिज एसिसमेन्ट इन्टरनेशनल एजुकेसन एक्जामिनेसनको रजिष्टर्ड केन्द्र ग्लोबल कलेज इन्टरनेशनल हो । क्याम्ब्रिज एसिसमेन्ट इन्टरनेशनल एजुकेसन एक्जामिनेसन सेन्टरले अन्तर्राष्ट्रियस्तरको कोर्ष, परीक्षा र योग्यता प्रदान गर्दछ । क्याम्ब्रिज ए–लेभल यस्तो कोर्ष हो जसले विश्वका जुनसुकै स्थानमा गएर पनि उच्च शिक्षा प्राप्त गर्न तयार बनाउँछ ।

जिसिआई ए–लेभल विभिन्न मापदण्ड पुरा गरी डिजाइन गरिएको छ । परम्परागत सिद्धान्तलाई विस्थापन गर्दै नवीनतम विधि तथा प्रविधिको प्रयोग गरि शिक्षा प्रदान गर्छ । जिसिआई ए–लेभलको शैक्षिक रुपरेखा उत्कृष्ट छ । जसले विद्यार्थीमा स्वः अध्ययनको रुची विकास गर्न महत्वपूर्ण भुमिका खेल्छ र विभिन्न शैक्षिक अनुभव प्रदान गर्छ । भविष्यमा उच्चस्तरको शैक्षिक प्रोेफाइल बनाउन तथा नेतृत्व क्षमताको विकास गराउन यस कोर्षको योगदान महत्वपूर्ण रहनेछ ।

विद्यार्थीले आफ्नो इच्छा अनुसारको कोर्ष छनोट गर्न सक्छन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विश्वका जुनसुकै स्थानमा गएर उच्च शिक्षा अध्ययन गर्नसक्ने अवसर प्राप्त हुन्छ भने विद्यार्थीमैत्री मुल्याङ्कन विधि प्रयोग गरिन्छ । क्याम्ब्रिज युनिभर्सिटीबाट सम्वन्धन प्राप्त जिसिआई ए–लेभलमा भर्ना हुन म जिसिआईको अध्यक्षको नाताले विद्यार्थीलाई आग्रह गर्दछु । स्थानीय र अन्तर्राष्ट्रिय दुवै कन्टेक्समा आवश्यक पर्ने शिक्षा दिन हामी प्रतिवद्ध छौं ।

जिसिआईमा ए-लेभल अध्ययन गरेका विद्यार्थी अब्बल बन्छन्ः डा. करणसिंह ठगुन्ना, प्रिन्सिपल

सन् २००९ देखि विद्यार्थीको बिचमा आउन सफल ग्लोबल कलेज इन्टरनेशनको छुट्टै विशेषता छ । उत्कृष्ट शैक्षिक प्रदर्शन र शैक्षिक अन्वेषणको क्षेत्रमा विशिष्ट पहिचान कलेजले बनाएको छ । २००९ देखि अहिलेसम्म ग्लोबल कलेज इन्टरनेशनलका ए–लेभलका विद्यार्थी छुट्टै पहिचान बनाउन सफल छन् ।

वास्तविक रुपमा नै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न ग्लोबल कलेजले क्याम्ब्रिज ए–लेभल कोर्ष संचालन शुरु गरेको होे । यससँगै व्यवस्थापन विषयलाई पनि प्राथमिकताका साथ अगाडि बढायो जुन कोर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त युनिभर्सिटीबाट सम्वन्धन प्राप्त छन् । जिसिआईले विज्ञानका विभिन्न विधा, कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी, म्यानेजमेन्ट एडमिनिस्ट्रेसन एण्ड स्टडिज, ह्युम्यानिटिज, सोसल साइन्समा विश्वस्तरको अग्रगामी शिक्षा प्रदान गरिरहेको छ ।

जिसिआइमा ए–लेभल अध्ययन गरेका विद्यार्थी उच्च शिक्षा अध्ययनका क्रममा पनि अब्बल बन्न सफल छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलेज तथा युनिभर्सिटीमा छात्रवृत्तीमा अध्ययन गरिरहेका छन् र आफ्नो उच्च दक्षता प्रस्तुत गरिरहेका छन् । जिसिआइमा ए–लेभल गरेर गएका विद्यार्थीले अमेरिका युरोप लगायतका देशमा आंशिक तथा पूर्ण छात्रवृत्तीमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् ।

विद्यार्थीको क्षमता तथा दक्षता अभिवृद्धिका विभिन्न कार्यक्रमः सुरेन्द्रराज जोशी, प्रोग्राम को–अर्डिनेटर

ग्लोबल कजेल इन्टरनेशनल विद्यार्थीको शैक्षिक चाहना पुरा गर्ने उत्कृष्ट गन्तव्य बन्न सफल छ । जिसिआईले विज्ञान, व्यवस्थापन, मानविकी र सामाजिक विज्ञान सहित विभिन्न संकायमा १६ भन्दा धेरै विषयमा अध्यापन गर्दै आइरहेको छ । विद्यार्थीले आफ्नो इच्छा तथा करियरको उद्देश्य अनुसार विषय छनोट गर्न पाउँछन् ।

कलेजमा रहेका दक्ष तथा अनुभवी प्राध्यापकले विद्यार्थीलाई व्यक्तिगत रुपमा नै अध्ययनमा सहयोग गरी समस्या समाधान गर्छन् । विद्यार्थीको शैक्षिक करियरको हरेक पाइलामा हामीसँगै हुनेछौं, जसका कारण परिवर्तनशील विश्वमा घुलमिल हुन विद्यार्थीलाई सहज हुनेछ ।

विद्यार्थीलाई औपचारिक शिक्षामा मात्र सीमित नराखी विद्यार्थीको क्षमता तथा दक्षता अभिवृद्धिका लागि कलेजले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । गौरवशाली इतिहास बनाउन सफल ए–लेभल विद्यार्थीले जिसिआइमा भेट्छन् । हाम्रा विद्यार्थीको नतिजा तथा सफलताले पनि हामी उत्कृष्ट छौं भन्ने प्रमाणित गरिरहेको छ । जुन तथ्य यहाँहरुले कलेजमा आएर बुझ्न पनि सक्नुहुन्छ ।

आउटस्टान्डिङ क्याम्ब्रिज लर्नस अवार्ड सेरेमोनीमा विभिन्न विषयमा नेपालमा नै उत्कृष्ट बन्न सफल छौं । जसले हामीलाई थप हौसला प्रदान गरिरहेको छ । विद्यार्थीलाई सहज होस् भनेर सुविधा सम्पन्न लाइब्रेरी र कम्प्युटर ल्याबको व्यवस्था कलेजले गरेको छ । फिजिक्स, केमेष्ट्री, बोटनी, जुलोजी लगायतको पनि ल्याब कलेजमा छन् । समूहगत छलफलका लागि कक्षाकोठा सोही अनुसार व्यवस्थापन गरिएको छ । भौतिक सेवा तथा सुविधा एथेष्ट छन् ।

फ्याकल्टी मेम्बरले गरेको मेहनत प्रशंसनीय छ । आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नुभएका अनुभवी तथा दक्ष फ्याकल्टी मेम्वर हामीसँग हुनुहुन्छ । क्याम्ब्रिज युनिभर्सिटीको विश्वव्यापी एजुकेसन सिस्टम अनुसारको व्यवस्थापन हामीले गरेका छौं । कक्षाकोठामा मात्र सीमित रहेर अध्ययन गनुपर्छ भन्ने मान्यता हामी मान्दैनौं । विद्यार्थीको शैक्षिक, बौद्धिक तथा सामाजिक विकासका लागि अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्छन् । समय समयमा विभिन्न अतिरिक्त क्रियाकलाप तथा प्रतियोगिता पनि कलेजमा हुने गरेका छन् । विद्यार्थीलाई फिल्ड भिजिट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण तथा विभिन्न सामाजिक काममा पनि सहभागी बनाइन्छ । यहाँको शिक्षा निकै व्यवहारिक छ ।

करियर काउन्सिलिङ पनि कलेजमा गरिन्छ, जसले विद्यार्थीलाई सहज बनाउँछ । कतिपय अन्योलमा रहेका विद्यार्थीको लागि विषय छनोटमा यसले सहयोग पुग्छ । कलेजमा स्पोर्ट क्लब, इन्भाइरोमेन्ट क्लब, सोसल क्लब लगायतका क्लब छन्, जसले विद्यार्थीमा थप जिम्मेवार बन्न सहयोग पुग्छ भने विभिन्न क्रियाकलाप पनि क्लबले गर्दै आइरहेका छन् । कलेजमा कन्फरेन्स हल, ल्याब, लाइब्रेरी, क्याफे, रिसर्च सेन्टर, इन्नोभेसन सेन्टर लगायतको सुविधा छ ।

ग्लोबल कलेज इन्टरनेशनलका विभिन्न एकेडेमिक पार्टनर छन् । जुनसुकै कलेजकोे पनि मुख्य पार्टनरका रुपमा अभिभावक रहन्छन् । कलेजले विद्यार्थीका विभिन्न सवालमा अभिभावकलाई पनि सरिक गराउने गरेको छ । समयम समयमा अभिभावकसँग अन्तरक्रिया तथा बैठक पनि कलेजले गर्दै आएको छ । प्यारेन्ट टिचर्स कन्फरेन्स र अन्य इभेन्ट कलेजले गर्छ, जसमा अभिभावकको सक्रीय सहभागिता रहन्छ ।

जिसिआइले विभिन्न संस्थालाई प्रोग्राम पार्टर बनाएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, युनिग्लोब कलेज, युनि ग्लोब सेकेन्डरी स्कुल, भ्याली भ्यु हाइ स्कुल, लिवर्टी कलेज, काठमाडौं वल्र्ड स्कुल, प्रो एड लिमिटेड, अष्टाङ एजुकेसन प्रा.लि. जिसिआईका प्रोग्राम पार्टनर हुन् ।

जोइन्ट टिचिङ, रिसर्च र स्टुडेन्ट एक्सचेन्जका वारेमा ग्लोबल कलेज इन्टरनेशनले इन्टरनेशनल पार्टनरका रुपमा विभिन्न युनिभर्सिटीसँग सम्झौता गरेको छ । द युनिर्भसिटी अफ वार्सा, सिनावात्रा युनिभर्सिटी थाइल्याण्ड, बिमटेक, जिआइपिआरडी ग्लोबल कलेज इन्टरनेशनलका इन्टरनेशनल पार्टनर हुन् ।

You might also like

Comments are closed.