काठमाडौं । ग्लोबल कलेज इन्टरनेसनलको फुड एण्ड क्लोथिङ डोनेसन सर्कल र जिसिआई स्टुडेन्ट सेन्टरले खाद्य तथा कपडा संकलन अभियान शुरु गरेका छन् । संकलन गरिएका खाद्यान्न सामग्री तथा कपडा विपन्न व्यक्ति र परिवारलाई वितरण गरिने बताइएको छ ।
पहिलो चरणमा बागमती प्रदेशमा रहेका विपन्न तथा बाढी पीडितलाई सहयोग प्रदान गरिने छ । दोस्रो चरणमा प्रदेश २ का सिरहा, महोत्तरी र रौतहट जिल्लामा पुगेर राहत वितरण गरिने कलेजले जनाएको छ ।
सेन्टरले खाद्यान्न तथा कपडा दान गर्ने सहयोगी सम्पूर्णमा आभार तथा धन्यवाद व्यक्त गरेको छ । कोरोना जोखिमको महामारीसँगै ठाउँ ठाउँमा गएको बाढी पहिरोका कारण धेरै ठाउँमा राहतको आवश्यकता रहेको बताउँदै कलेजले राहत संकलन र वितरण अभियान सुरु गरेको प्रिन्सिपल डा. करणसिंह ठगुन्नाले जानकारी दिए ।
Comments are closed.