काठमाडौं । विश्वप्रसिद्ध चीनीयाँ ईभी ब्राण्ड जिली ईएक्स५ र जेवाई एयरका गाडीहरु नाडा अटो शो २०२५ मा सार्वजनिक गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु नाडा अटो शोमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएसँगै जिली ईएक्स५ म्याक्स र प्रो साथै वेवाई एयर अल्ट्रा र लाईट अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन् । ड्रिमस्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले जिली ईएक्स५ भित्र्याएको हो । एलआरआर मोटर्स जेवाई अटो ग्रुपको नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।
यस वर्षको नाडा अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताका लागि विशेष छुट योजना घोषणा गरेको छ । अब ग्राहकले आकर्षक जिली ईएक्स५ म्याक्स रु. ६४.९९ लाखमै घर लैजान सक्नेछन् । जुन वास्तविक मूल्य भन्दा रु. ३ लाख कम हो । त्यस्तै, स्टाइलिश जिली ईएक्स५ प्रो रु. ५४.९९ लाखमा उपलब्ध छ । जबकी यसको वास्तविक मूल्य रु. ५८ लाख कायम भएको थियो ।
त्यसैगरी जेवाई एयरका प्रिमियम मोडलमा पनि आकर्षक छुट योजना ल्याइएको छ । सुरुमा रु. ६८ लाखको मूल्य रहेको जेवाई एयर अल्ट्रा अहिले रु. ६४.९९ लाखमा उपलब्ध छ भने सुरुमा रु. ५४ लाख मूल्य भएको जेवाई एयर लाईट रु. ४९.९९ लाखमै खरिद गर्न सकिनेछ । यी विशेष अफरसँगै एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्तामाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ ।
यसैगरी एलआरआर मोटर्सले जिली ईएक्स५ र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ । रु. २ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आईफोन १६ प्रो म्याक्स वा एकतोला सुन अथवा रु. १ लाख ८० हजारसम्मको नगद छुटमध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन् ।
यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको छ ।
Comments are closed.