काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ । नयाँ नयाँ मोडलहरू भित्रिरहँदा ग्राहकका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डबीचको प्रतिष्पर्धा समेत तीव्र बन्दै गएको छ ।
यसैबीच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स ५ सिरिज नेपाल भित्रिएको छ । एलआरआर मोटर्सले विशेषगरी नाडा अटो शो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स ५ प्रो र जिली ईएक्स ५ म्याक्स भित्रिएसँगै उत्पादनको छोटो समयभित्रै विश्वव्यापी रुपमा चर्चा बटुल्न सफल गाडीमाथि नेपाली उपभोक्ताको पहुँच सुनिश्चित भएको हो ।
नेपाली बजारमा प्रवेश गर्नुअघि नै नेपाली अटोमोबिल पारखीले यी गाडीबारे खोजीनिती गर्न थालिसकेका थिए । नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलको अति नै बढी प्रतिष्पर्धात्मक लाभ रहेको देखिन्छ । यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।
यी दुवै मोडलमा ६०.२ किलोवाट÷घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ । गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (८ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ । जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो ।
साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा ८ वर्ष वा २ लाख किमिसम्म वारेण्टी समेत दिएको जनाएको छ । यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी÷घण्टाको गति ६.९ सेकेण्डमै पूरा गर्न सक्ने क्षमता राख्छ । यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ । जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ ।
आकर्षक डिजाइन र इन्टेरियर
जिली ईएमएएक्स ५ श्रृखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् । आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ । ईएमएएक्स ५ मा थप रूपमा हेडअप डिस्प्ले, हीटिंग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै फ्लाईमीको साउण्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ ।
अत्याधुनिक प्रविधि र आकर्षक मूल्य
यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् । जिलीले आफ्नै विकसित फ्लाईमी अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ ।
ईएमएएक्स ५ प्रो र ईएमएएक्स ५ म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । नेपाली बजारका लागि ईएमएएक्स ५ प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ईएमएएक्स ५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ । नेपाली उपाभोक्ताको अवस्था र रुचीलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाएको छ ।
आकर्षक मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ । नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीमा जिलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्नेछ । प्रतिष्पर्धी ब्राण्डले कायम गरेको मूल्यको तुलनामा जिली धेरै सस्तो हुने कम्पनीको दाबी छ ।
Comments are closed.