काठमाडौं । चीनस्थित जिल्ली अटोको पूर्णत विद्युतीय एसयूभि जिल्ली ईएक्स ५ ले विश्वव्यापी बिक्रीमा २ लाख १० हजार युनिट पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यो उपलब्धिले ईएक्स ५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको छ ।
उत्पादक देश चीनमा मात्र करिब सात महिनामा १ लाख युनिटभन्दा बढी बिक्री वितरण गरिसकेको यो मोडल हाल २६ देशहरूमा उपलब्ध छ, जसमा थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली र ल्याटिन अमेरिकी देशहरू समावेश छन् ।
जिल्ली अटोले सन् २०२५ को पहिलो छ महिनामै १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७% बृद्धि हासिल गरेको छ। कम्पनीले वार्षिक बिक्री लक्ष्य ३० लाख युनिट पुर्याउने घोषणा पनि गरेको छ ।
नेपालमा हालै बिक्री सुरु भएको ईएक्स ५ ले नेपाली ग्राहकहरूलाई पनि मन जित्न सफल भएको छ । विद्युतीय गाडीप्रेमीहरूले टेस्ट ड्राइभ र बुकिङमा सक्रियता देखाइरहेका छन् । एलआरआर मोटर्स, नेपालको आधिकारिक आयातकर्ताले देशभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार थाप्दै जिल्ली ईएक्स ५
जिल्ली ईएक्स ५ ले २०२५ मा यूरो NCAP र अस्ट्रेलियाली नयाँ कार मूल्याङ्कन कार्यक्रम बाट फाइभ–स्टार सुरक्षा रेटिङ्ग प्राप्त गरेको छ । अत्याधुनिक GEEA प्लेटफर्म, बलियो शरीर संरचना, ऊर्जा शोषण डिजाइन, ७ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा प्रणाली र अन्य सुरक्षा सुविधाहरू यसलाई विश्वस्तरीय बनाउँछन् ।
साथै, यसको स्मार्ट इन्टेरियर, एरोडाइनामिक डिजाइन र नवप्रवर्तनपूर्ण प्रविधिहरूले इसे २०२५ का प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरू दिलाएको छ । जिल्ली ईएक्स ५ को यी उपलब्धिहरूले कम्पनीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमता, नवप्रवर्तन र सुरक्षा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।








Comments are closed.