काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले Tiqmo मार्फत आइएमई गरौ, उपहार जितौं योजना सार्वजनिक गरेको छ । पुस २१ गतेदेखि शुरु भएको अभियान चैत १७ थतेसम्म संचालन हुनेछ । साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो (Tiqmo) एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको छ ।
टिक्मो (Tiqmo) एप मार्फत साउदी अरवबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरष्कार अन्तर्गत एकजना विजेताले BYD Atto 1 EV प्राप्त गर्न सक्नेछन् भने मासिक दुईजना विजेताले Yadea Owin EV स्कुटर जित्न सक्नेछन् । साथै साप्ताहिक विजेता अन्तर्गत १२ भाग्यशाली विजेताले iPhone 17 जित्न सक्नेछन् । (Tiqmo) को यो उत्सवमा सामेल भएर कुल १५ जना भाग्यशाली ब्यक्ति लावान्भित हुनेछन् भने विजेताहरु पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गर्ने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले आफुले कमाएको पैसा सुरक्षित रुपमा नेपालमा रहेका आफ्ना आफन्तको हातमा पठाउने गरेका छन् । पछिल्लो समय मुद्रा भुक्तानीमा डिजिटल प्रविधि अझै नजिकिदै गएको छ । वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको छ ।
स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
Tiqmo मुख्यतया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि लोकप्रिय छ। यसका मुख्य विशेषताहरू अन्तर्राष्ट्रिय रकम ट्रान्सफर, डिजिटल रकम भुक्तानी कार्ड, बिल भुक्तानी रहेका छन् ।




Comments are closed.