गोदावरी । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै संचालनमा ल्याउनुपर्ने बताएका छन् । धनगढीमा बुधबार आयोजित छलफल कार्यक्रममा उनले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै संचालनमा ल्याउनुपर्ने बताए ।
उनले गेटा मेडिकल कलेज संचालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै सो कलेज संचालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताए ।
उनले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन उचित हुने बताए । सरोकारवालाबाट आएको सुझावका आधारमा राजनीतिक दलहरुसँग छलफल गरी अघि बढ्ने उनको भनाइ थियो ।
छलफल कार्यक्रममा सहभागी चिकित्सकले मेडिकल कलेजलाई प्रतिष्ठान बनाएर अघि बढाउन सुझाव दिएको थियो भने प्राध्यापकहरूले विश्वविद्यालयका रूपमा अघि बढाउन सुझाव दिएका थिए । नेता भट्टले कञ्चनपुरको दोधारा चाँदनी नाका भारतसँग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्वपूर्ण नाका बन्ने जिकिर गरे ।
Comments are closed.