घारीपाटन सहकारीद्वारा सेयर सदस्यलाई सहकारी शिक्षा सम्वन्धी तालिम

पोखरा । पोखरा १७ घारीपाटनमा रहेको घारीपाटन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि एक दिने सहकारी शिक्षा सम्बन्धी तालिम प्रदान गरेको छ ।

शनिबार भएको तालिममा प्रशिक्षकद्धय पोखरा महानगर सहकारी संघका अध्यक्ष वलराम गौतम र नेफ्स्कुनका केन्द्रीय सदस्य कमला गिरीले सकरात्मक विचार, सहकारीमा अवसर र चुनौती, सहकारीमा सञ्चालक समिति तथा कर्मचारीको भुमिका साथै सदस्यहरुले जान्नुपर्ने सहकारीका नियम लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

२०७५ सालमा स्थापना भएको सहकारीमा हाल ४ सय २२ शेयर सदस्य रहेको र सहकारीको पुँजी १ करोड ६३ लाख रुपैयाँ रहेको सहकारीका अध्यक्ष कृष्णकला केसी जानकारी दिईन् ।

प्रशिक्षण अघि उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी गण्डकी प्रदेश समन्वय समितिका सदस्य तेजनारायण अधिकारीले सहकारीमा सेयर सदस्य महत्वपुर्ण हुने बताउँदै सहकारीलाई गम्भीर भएर सोच्न सुझाव दिए । एक सहकारी एक उत्पादनमा जोड दिनुपर्नेमा अधिकारीको जोड छ । उनले इमान्दारिपुर्वक व्यवसाय गर्ने ठाउँ सहकारी भएको बताउँदै सहकारीले प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरि आर्थिक, सामाजिक उत्तरदायित्व लगायतका कार्यले राष्ट्रलाई नै अमुल्य योगदान दिएको उल्लेख गरे ।

संस्थाको सञ्चालक सदस्य प्यारी गुरुङले स्वागत गरेको कार्यक्रममा शिक्षा समिति सदस्य राजन जोशीले सहकारीका सात सिद्वान्तको बारेमा प्रष्ट पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव लिलबहादुर जि.सी ले गरेका थिए ।

 

lcci
You might also like

Comments are closed.