सभामुख घिमिरेले बोलाए पहिलो सर्वदलीय बैठक

काठमाडाैं । सभामुख देवराज घिमिरेले आज सर्वदलीय बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक शनिबार बिहान ११ बजेका लागि बोलाएका हुन् ।

सर्वदलीय बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमला बताएका छन् ।सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो ।

उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।

You might also like

Comments are closed.