काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र चुच्चेपाटी चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धमा सहममती गरिएको छ ।
समझदारीमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरेका छन् । सहमति अनुसार अस्पतालले बैंकका डेबिट र क्रेडिट कार्ड एवम् बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।
आई सेन्टरले बैंकका ग्राहकलाई आई सेन्टरको सामान्य आँखा परीक्षण, डाक्टरद्वारा शिफारिस चश्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । बैंकका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।
यसैगरी, यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकले एउटै छानामुनी आँखा सम्बन्धि सम्पूर्ण स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पन्तले बताए ।
पन्तले यो पहलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने आई सेन्टरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे । यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
Comments are closed.