काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य अनुसार बिहीबार विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम गरेको हो ।
कैलालीको लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा एक हजार कागतीका विरुवा रोपण गरेको बैंकले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधि, बैंकका कर्मचारी, स्थानीय लगायत सहभागी थिए । काठमाडौंको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा तीन सय विरुवा रोपण गरेको छ ।
कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक वन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानमा ३७ सय, मधेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन) लगायतका विभिन्न स्थानमा ५ हजार ५०, बागमतीको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका स्थानमा २३ सय, गण्डकीको बागलुङ र कास्की लगायतका विभिन्न स्थानमा २१ सय विरुवा रोपण गरिएको छ ।
त्यस्तै लुम्बिनीको बिजुवार, घोराही, गुलेरिया, लिवाङ लगायतका विभिन्न स्थानमा १५ सय, कर्णालीको विरेन्द्रनगर र रास्कोट लगायतका स्थानमा ७ सय र सुदूरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानमा २ हजार ८६ विरुवा रोपण सुरु गरेको बैंकले जनाएको छ ।
बृक्षारोपणको लागि विभिन्न संस्थासँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक वन, विद्यायल, अस्पताल परिसर तथा सार्वजनिक स्थानहरु छनौट गरिएको छ । वृक्षरोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयको आयआर्जनमा सहयोग हुने विश्वास लिइएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय गरी एक हजार बढी सेवा केन्द्रबाट ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिएको छ ।
नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा प्रवाह भइरहेको छ । संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको बैंकले जनाएको छ ।
Comments are closed.