१५० किलो प्लाष्टिक फोहोर सङ्कलन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ । विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर सङ्कलन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रम आयोजना गरिएको हो ।

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरानमा करिब १५० किलो प्लाष्टिक फोहोर सङ्कलन गरिएको छ । हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर सङ्कलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ । जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पु¥याउने विश्वास लिइएको छ ।

फोहोर सङ्कलनपश्चात् सो फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम्सेवक लगायत सहभागी थिए । ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवद्र्धन, जलवायु परिवर्तन असर न्युनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ ।

विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् वृक्षरोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो । वृक्षरोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्युनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट फरक–फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक सय बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

You might also like

Comments are closed.