ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।

आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गरे ।

अध्यक्ष ढकालले डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने बताए ।

“ग्राहकलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासको एक हिस्सा हो, हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापी रुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ” अध्यक्ष ढकालले भने ।

आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ । डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

यस्ता नवीन बैंकिङ प्रविधिहरु अंगालेर बैंकले आफ्ना ग्राहकको बदलिँदो बैंकिङ आवश्यकता मात्र पूरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पु¥याएको छ । कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका व्यवस्थापनका कर्मचारी लगायत सहभागि थिए ।

You might also like

Comments are closed.