उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रामा सबैभन्दा अगाडी ‘ग्लोबल आइएमई बैंक’

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण व्यवसायले आफ्नो व्यवसायलाई विश्व समुदाय माझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा परिणत गर्न व्यवसायीक कसरत वा गतिविधीका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदाय माझ उत्कृष्ट हुने सौभाग्य प्राप्त हुन्छ ।

आजको समयमा विश्वका सबै देशहरु एक अर्काको छिमेक जस्तै भइसकेका छन् । कुनै एक देशको गतिविधिले भौगोलिक अवस्थामा क्षितिज पारी रहेको देशलाई पनि विभिन्न किसिमका व्यवासायीक प्रभाव पारिरहेको हुन्छ । सम्पूर्ण व्यवसायको आफ्नै किसिमका फरक–फरक व्यवसायीक लक्ष्य भएपनि सबैको एउटै लक्ष्य भनेको भएका व्यवसाय मध्ये आफ्नो व्यवसायलाई अब्बल सावित गर्नु हो ।

अझ विश्वव्यापिकरणको युगमा कुनै एउटा भूगोलमा स्थापित व्यवसायको प्रतिष्पर्धा विश्वको अर्को कुनामा रहेका व्यवसायसँग रहदै आएको छ । आजको नयाँ तथा स्थापित व्यवसायको लक्ष्य भनेको विश्वभरीका आफ्ना प्रतिष्पर्धी समक्ष आफुलाई उत्कृष्ट सावित गर्नु हो । कुनै एउटा व्यवसायले आफुलाई उत्कृष्ट सावित गर्दा सो व्यवसायले आफ्नो स्थापना भएको देशको झण्डालाई विश्वसामु उच्च बनाउँछ । विश्वमा देशलाई परिचित गराउने भएकाले देशका प्रख्यात कलाकारहरु तथा विभिन्न व्यक्तिलाई देशको गहनाको रुपमा चिन्ने गरिन्छ । यसैगरी आजको विश्वमा व्यवसायले विश्वमा उत्कृष्ट सावित गरी देशको झण्डा अन्तर्राष्ट्रिय समुदायमा उच्चो बनाउन प्रयासरत छन् ।

नेपालीहरुमाझ बैंकिङ पहुँच विस्तार गर्ने उद्देश्य राखी ‘सबैका लागि बैंक’ भन्ने मूल नारासहित २०६३ सालमा स्थापना भएको नेपालीको बैंक हो, ग्लोबल आइएमई बैंक । यस बैंक नेपालको सबैभन्दा ठुलो बैंक हो भन्ने कुरालाई बैंकले वित्तीय सूचकहरुको माध्यमबाट आफुलाई अब्बल स्थापित गरिसकेको छ । बैंकको देशभित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरी रहेका नेपालीलाई बैंकिङ सेवा दिने प्रयासस्वरुप विभिन्न मूलुकमा बैंकको प्रतिनिधी कार्यालय राखी सेवा सञ्चालन गरिरहेको छ ।

देश भनेको भौगोलिक क्षेत्रमात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसात् गरी नेपाली नागरिक रहेका प्रदेशबाटै नेपाली बैंकको माध्यमबाट बैंकिङ कारोबार गर्न सहजता प्रदान गरिरहेको छ । जसले बैंकको ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई थप सार्थकता प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठुलो वित्तीय संस्थाको रुपमा बैंकिङ क्षेत्रलाई नेत्तृत्वदायी भुमिका निर्वाह गर्दै आइरहेको छ । यस बैंकले नविनतम सेवा तथा सुविधा सार्वजनिक गरी बैंकको ग्राहकलाई प्रविधिमा आधारित सेवा प्रदान गरिरहेको छ । यस बैंकले सार्वजनिक गरेका सेवाहरु अन्य वित्तीय संस्थाले पनि अंगिकार गरेको देखिन्छ ।

ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका बैंक तथा वित्तीय संस्थाको विभिन्न सुचकहरुको सुक्ष्म मुल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैंकहरु छनौट गर्दै आइरहेको छ । म्यागजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्तरमा प्रतिष्ठित अवार्डको रुपमा परिचित छ । विगतका वर्षमा सो अवार्डका लागि अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकलाई छनौट गर्दै आइरहेको थियो । तर यस वर्षदेखी एशिया प्यासिफिक क्षेत्र पनि समावेश गरेको छ । सो क्षेत्रमा नेपालको तर्फबाट ग्लोबल आइएमई बैंकलाई बेष्ट बैंक अवार्ड प्रदान गरेको हो । यस बैंक बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

यसवर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित भए । एशिया प्यासिफिक अन्तर्गत नेपालको बैंक ग्लोबल आइएमई बैंकले सम्मानसहित नेपालको झण्डा विश्वमञ्चमा फर्फराएको हो । यस बैंकले देशभित्रका विभिन्न अभियानमा नेत्तृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैंकले नेपाल सरकार वा सरकारका मातहतका विभिन्न संस्थाहरु वा विदेशी संस्थासंग सहकार्य गर्दै आइरहेको छ ।

वातावरणिय प्रदुषण कम गर्नको लागि विभिन्न किसिमका गतिविधी सञ्चालन गरिरहेको छ । बैंकले आफ्नो कार्यालयभित्र प्लाष्टिकजन्य वस्तुको कम प्रयोग गर्ने अभियान सुचारु गरी अन्य बैंक तथा वित्तीय संस्था र व्यवसायलाई यस अभियानमा लाग्न समेत आह्वान गरेको छ । बैंकले सार्वजनिक तथा व्यक्तिगत सवारी साधनमा विद्युतिय साधनको पहुँच विस्तारको लागि न्यूनतम ब्याजदरमा कर्जा विस्तार गर्दै आइरहेको छ । बैंकको ग्रिन आवास कर्जा योजनाको विशेषतालाई हेर्ने हो भने यस बैंकलाई जिम्मेवार संस्थाको रुपमा हेर्न सकिन्छ । एक कर्पोरेट सिटिजन भएका कारणले यसले आफु स्थापित भएको समाजलाई एक असल नागरिकको परिचय दिई सेवा सञ्चालन गर्नुपछ भन्ने मान्यता राख्दै आएको छ ।

बैंकले लघु, साना तथा मझौला व्यवसायमा नागरिकलाई आकर्षण गर्न न्यूनतम व्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसीसंग ५६ मिलियन डलर ऋण लिई लैङ्गिक तथा जलवायु फाइनान्सिङका क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ । यस्ता कर्जाको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्नेेछ । बैंकले आफ्नो व्यवसाय विस्तार गर्दा नेपाली माटोको आवश्यकतालाई आत्मसात् गरी विभिन्न सेवा तथा सुविधा सार्वजनिक गर्दै आइरहेको छ । बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् ।

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो । ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकलाई सम्मान गरेको हो । यस बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

ग्लोबल फाइनान्सले यसवर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मानित गरेको हो । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको सो बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न थप उत्साहित गर्नेछ । बैंकका ग्राहकको माया, कर्मचारीवर्गको लगनशिलता, शेयरधनी, नियमनकारी संस्थाहरु, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको छ ।

 

‘युरोमनी अवार्ड फर एक्सलेन्स–बेस्ट बैंक नेपाल २०२२’ बाट ग्लोबल आइएमई बैंक सम्मानित
सन् १९९२ मा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एकमात्र अवार्ड हो । बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्य सम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो । युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो । युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्याति प्राप्त तथा अनुभवी व्यक्तिहरु रहेका छन् । अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।

 

रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई बैंकको ब् रेटिङ
इक्रा नेपालले जारीकर्ता रेटिङमा ग्लोबल आइएमई बैंकलाई [ICRANP–IR] A प्रदान गरेको छ । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ । बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवद्र्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।

 

ग्लोबल आइएमई बैंकलाई “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्ड
ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्डबाट सम्मानित भएको थियो । सिंगापुरमा आयोजना भएको विशेष कार्यक्रमका बीच बैंकलाई सो अवार्ड प्रदान गरेको हो ।ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो । बैंकले आफ्ना ग्राहकमाझ सहज बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था

वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप सम्मान पत्र प्रदान गरेका हुन् । विभिन्न सूचकमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ । सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ कारोबार सुरुवात गरेको बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ । आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्य सम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

 

You might also like

Comments are closed.