ग्लोबल आईएमई लघुवित्तको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय खोलेसिमल, चितवनको आयोजनामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चितवनको कालिका नगरपालिका ८ न्युरेनीमा रहेको आधारभूत विद्यालयमा बैंकले करिब १२० जना विद्यार्थीलाई विद्यालय झोला, कापी र कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेको हो ।

शैक्षिक समाग्री वितरण कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, वडा नं. ८ का वडाध्यक्ष चित्रबहादुर मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ढुङगाना एवं ग्लोबल आइएमई लघुवित्त सामान्य सेवा विभागका प्रमुख जयनारायण शर्मा, अनुगमन स्टेसन प्रमुख विनोद खतिवडा तथा शाखा कार्यालय खोलेसिमलका प्रमुख सविन आचार्य, अभिभावक लगायत सहभागी थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले विद्यार्थीको पठनपाठनमा वित्तीय संस्थाले पु¥याएको योगदान महत्वपुर्ण रहेको बताउदै वित्तीय संस्थाप्रति आभार प्रकट गरेका छन् । उपप्रमुख तामाङले ग्रामिण समुदायका बालबालिका अध्ययनरत सामुदायिक विद्यालयमा गरिएको शैक्षिक सहयोगले उनिहरुको शैक्षिक गुणस्तर विकासमा थप सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा वित्तीय संस्थाका विभागिय प्रमुख शर्माले संस्थाका सदस्यहरु माझ आर्थिक कारोवार मात्रै नभई सदस्यको क्षमता अभिवृद्धि, सीप विकास र आयआर्जनका लागि लघुवित्तले सामाजिक उत्तरदायित्व कोष अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

व्यवस्थापन समितिका अध्यक्ष ढुङगानाले विद्यालयमा यस खालका शैक्षिक सामग्री वितरण कार्यक्रम आयोजना गरी बालबालिकाको शैक्षिक उन्नयनमा संस्थाले गरेको सहयोगका लागि धन्यवाद दिदै आगामी दिनमा समेत यस खालका सहयोगको अपेक्षा गर्दै संस्थाको प्रगतिको कामना गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघुवित्तले देशका ५४ जिल्लामा १२० वटा शाखा कार्यालयमार्फत करिब १ लाख ५३ हजार ग्राहक सदस्यलाई प्रत्यक्ष वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.