काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र र्याडीसन होटल काठमाडौं बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकलाई र्याडीसन होटलमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने बताइएको छ । समझदारीमा बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।
ग्राहकले होटलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्याडीसन होटलले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टबाट पनि उपलब्ध हुने सेवामा उल्लेखित छुट पाउनेछन् । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
Comments are closed.