ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता भएको छ ।

स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा नेपालमा ऊर्जा दक्षता निर्माण प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवद्र्धनको लागि समझदारी भएको हो ।

समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा नेपालमा ऊर्जा दक्षता निर्माण प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गरेका छन् । ग्लोबल आइमई बैंकले दिगो आवास प्रवद्र्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागू गर्दै आएको छ ।

बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनको प्रवद्र्धन गर्न सहयोग पुयाउनेछ । बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे ।

साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट फरक–फरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ सेवा प्रदान गर्ने बैंक हो । जसले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.