ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

मङ्सिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको यस कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन् । यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरु दर्ता भएका छन् ।ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको छ ।

कार्यक्रमको सुरुवात एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाले स्वागत गर्दै स्टार्टअपलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्मको महत्वलाई जोड दिए । कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किङ र पुरस्कार जित्ने अवसरलाई प्रस्ट पारेका छन् । कार्यक्रमको समापन एनवाईईएफ नेशनल गभर्निङ काउन्सिलकी कार्यकारी सदस्य बिलाषा श्रेष्ठले गरेकी हुन् ।

कार्यक्रमबारे प्रकाश पार्दै बिटुबी सेसनले सहभागीलाई समान विचारधाराका उद्यमी र सम्भावित साझेदारसँग नेटवर्किङ गर्ने अवसर पनि प्रदान गरेको छ । हाई–टी सेसनका साथ समापन भएको कार्यक्रममा अनौपचारिक अन्तरक्रिया र नेटवर्किङका लागि पनि उपयुक्त वातावरण बनेको थियो ।

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० केवल एक प्रतियोगिता मात्र होईन । यो ५ लाख रुपैयाँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि हो । यस वर्षको बलियो सुरुवातले अर्को सफल संस्करणको संकेत गरेकोे छ ।

प्रतियोगिताका आगामी चरणहरू र थप जानकारीका लागि एनवाईईएफका सुचनाहरु निरन्तर अवलोकन गर्न फोरमले अनुरोध गरेको छ । नेपाली स्टार्टअपको महत्वाकांक्षालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता एनवाईईएफले व्यक्त गरेको छ । ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० बारे थप जानकारीका लागि आधिकारिक इभेन्ट पेज हेर्नुहुन अनुरोध गरिएको छ ।

lcci
You might also like

Comments are closed.