ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने वा गराउने सम्झौता भएको छ ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा एक कार्यक्रममा बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

ऋणीको मृत्यु भएमा वा व्यवसाय विफल भएमा समेत कोषबाट सुविधा लिन सकिने कार्यक्रममा जनाइएको छ । कार्यक्रममा कोषका प्रबन्धकहरु तथा वित्तीय संस्थाका विभागीय प्रमुख लगायत थिए ।

वित्तीय संस्थाले सातै प्रदेशमा १२१ वटा शाखा कार्यालयमार्फत करिब १ लाख ५१ हजार सदस्यलाई वित्तीय सेवा प्रदान गरेको छ । हाल वित्तीय संस्थाको ६० हजारभन्दा बढी ऋणी सदस्य र करिव ९ अर्ब ३३ करोड लगानीमा रहिरहेको कर्जा रहेको जनाइएको छ ।

 

 

lcci
You might also like

Comments are closed.