ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनोटका डिजाइनमा व्यक्तिगत फोटोसहितको “मेरो आफ्नै डेबिट कार्ड” डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको हो ।

यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ ।ग्राहकहरुसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरु समेत उपलब्ध हुने बैंकले जनाएको छ ।

jutta mela

कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् ।

 

 

 

You might also like

Comments are closed.