काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
यही असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जहेन्दार विद्यार्थीहरुलाई जनही रु.३०००० (तीस हजार) का दरले जम्मा १५ लाख छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ ।
वित्तीय संस्थाले ग्राहक संरक्षण कार्यक्रम मार्फत सदस्यका छोरा छोरीहरु तथा गरिव जेहन्दार विद्यार्थीहरुको शिक्षालाई प्रोत्साहित गर्न यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताएको छ ।
यसअघि पनि विभिन्न विद्यालयमा शैक्षिक साम्रगी वितरण, स्वच्छ पिउने पानीको लागि फिल्टर सरसफाइृका साम्रगी वितरण जस्ता कार्य समेत संस्थाले गरिसकेको छ ।
संस्थाको ११९ वटा शाखा कार्यालयमा , १ लाख ४७ हजार भन्दा बढि सदस्य तथा ऋणी ७५ हजार ५ सय भन्दा बढि रहेका छन । भने ८ अर्ब ५० करोड कर्जा लगानी गरेको संस्थाको मुख्य व्यवसाय अधिकृत यतिराज पौडेलले जानकारी गराएका छन् ।
Comments are closed.