ग्लोबल आइएमई लघुवित्तको कास्कीमा शिपमुलक तालिम

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले कास्कीको नौडाँडामा सदस्यहरुलाई शिपमुलक तालिम प्रदान गरेको छ । संस्थाले घरमै बसेर आयआर्जन गर्न सकिने र थौरे लगानीमा व्यवशाय सुरु गर्न सकिने तालिम सञ्चालन गरेको हो ।

डल,कुशन, खेलौना लगायतका सामानहरु बनाउने सम्बन्धी तालिम संस्थाको नौडाँडा शाखाले आयोजना गरेको थियो । तालिममा ३० जना महिला सदस्यहरुले सहभागीता जनाएका थिए । उक्त तालिम यही पुस २ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको शाखाको शाखा प्रबन्धक सुजिता श्रेष्ठले जानकारी गराइन् ।

वित्तीय संस्थाले सञ्चालन गरेको तालिममा सहभागी हुन पाउँदा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।वित्तीय संस्थाले सदस्यहरुलाई कर्जा लगानी मात्र नगरी उद्यमी बनाउन विभिन्न समयमा यस्ता शिपमुलक तालिमहरु समेत सञ्चालन गर्दे आइरहेको छ ।

संस्थाको ५४ जिल्लामा ११९ वटा शाखा र १ लाख ४९ हजारभन्दा बढी सदस्यहरु रहेका छन् ।

 

 

You might also like

Comments are closed.