ग्लोबल रिचद्वारा आयोजित ‘अष्ट्रेलियन एजुकेशन एक्जिव्युसन’ सम्पन्न

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल रिचद्वारा आयोजित ‘अष्ट्रेलियन एजुकेशन एक्जिव्यूसन’ सम्पन्न भएको छ । काठमाडौंको होटेल एभरेष्टमा शनिबार आयोजित फेयरमा विद्यार्थीको आकर्षण देखिएको थियो ।

कार्यक्रममा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधि सहभागी भएका थिए । युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर आफ्नो जिज्ञारा राखेका थिए । विद्यार्थीका लागि फेयर निकै उपलब्धीपूर्ण भएको ग्लोबल रिचका मार्केटिङ म्यानेजर प्रतिक्षा घिमिरेले बताइन् ।

‘प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर आफ्नो जिज्ञासा मेटाउने अवसर एक्जिव्युसनमा मिल्यो,’ उनले भनिन् ।

कोरोना महामारीपछि अष्ट्रेलिया सरकारले ल्याएको नयाँ शिक्षा नीति, रोजगारीको अवसर, आवश्यक पर्ने डकुमेन्ट, विभिन्न कोर्ष तथा विषय, भर्ना प्रक्रिया, फि स्टक्चरलगायतका बारेमा सहभागी विद्यार्थीले जिज्ञासा राखेका थिए ।

You might also like

Comments are closed.