ग्लोबल रिच नेपालको सेवा १६औं वर्षमा

काठमाडौं । ग्लोबल रिचले नेपालमा सेवा सुरु गरेको १५ वर्ष पुरा भएको छ । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको ग्लोबल रिचले शुक्रबार वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले शुभकामना आदानप्रदानसहित केक काटेर वार्षिकोत्सव मनाएको छ । कर्मचारी, विद्यार्थी, अभिभावक तथा युनिभर्सिटीका प्रतिनिधिहरुबीच शुभकामना आदानप्रदान भएको हो । वार्षिकोत्सवको अवसरमा ग्लोबल रिचले कर्मचारीलाई सम्मानसमेत गरेको छ ।

jutta mela

नेपालमा सेवा सञ्चालनको १५ वर्षसम्म निरन्तर माया गर्ने तथा साथ दिने सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, विदेशस्थित युनिभर्सिटीसमित सम्पूर्णप्रति ग्लोबल रिचका प्रवन्ध निर्देशक नारायण बजाजले आभार व्यक्त गरेका छन् ।

ग्लोबल रिचका शाखाहरु काठमाडौंको डिल्लीबजारसहित पोखरा, बुटवल र भरतपुरमा रहेका छन् । कम्पनीले अष्ट्रेलिया, न्जुजिल्याण्ड, युके, क्यानडा, युएसए, आयरल्याण्ड लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल रिचले ५ वटा देशमा ४० भन्दा बढी शाखा सञ्जालबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.