ग्लोबल आईएमई बैंकले प्रदान गर्यो धुर्मुस सुन्तली फाउन्डेसनलाई १ करोड रुपैयाँ

काठमाडौं । ग्लोबल आईएमई बैंकले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रकम हस्तान्तरण गरेको छ ।

धनधान्यान्चल महोत्सव २०७६ मा ग्लोबल आइएमई बैंकको तर्फबाट बोलकबोल गरिएको १ करोड रुपैयाँ रंगशालालाई हस्तान्तरण गरिएको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । रकम हस्तान्तरण गरेसँगै धुर्मुस सुन्तली फाउन्डेसनले बैंकप्रति आभार व्यक्त गरेको छ ।

You might also like

Comments are closed.