ग्लोब्याट डिलर मिट २०८२ सम्पन्न, दुईपांग्रे र चारपांग्रे नयाँ ब्याट्री सिरिज सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी अटोमोटिभ ब्याट्री ब्राण्डमा पर्न सफल ‘ग्लोब्याट’को ‘डिलर मिट २०८२’ सम्पन्न भएको छ । जेठ १४ र १५ गते काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा कार्यक्रम भएको हो ।

कार्यक्रममा देशभरका १०० भन्दा बढी डिलर, कर्मचारी तथा अतिथिहरूको सहभागिता रहेको ग्लोब्याटका लागि नेपालको आधिकारिक बिक्रेता त्रिथुंगा ट्रेडिङले जनाएको छ । कार्यक्रममा दुईपांग्रे र चारपांग्रे ब्याट्री सिरिज पनि सार्वजनिक गरिएको छ । उत्कृष्ट डिलर तथा कर्मचारीलाई सो अवसरमा विभिन्न विधामा सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।

ग्लोब्याटका लागि नेपालको आधिकारिक वितरक त्रिथुङ्गा ट्रेडिङ प्रा.लि. र बङ्गलादेशको रहिमाफ्रुज ग्रुपको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि नेपाली बजारमा सार्वजनिक भएका ग्लोब्याटका नयाँ ब्याट्री पनि ग्राहकको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । कम्पनीले भिआरएलए, एएफबी र क्लासिक सेरिज ब्याट्री सार्वजनिक गरेको छ।

कार्यक्रममा त्रिथुङ्गा ट्रेडिङका महाप्रबन्धक श्याम पाण्डेले निकट भविष्यमै ग्लोब्याटको वितरण सञ्जाललाई अझ बिस्तार गरिने घोषणा गरे । नेपाली बजारलाई ग्लोब्याटमा दृढ विश्वास राख्न पनि उनले आग्रह गरे । ‘ग्लोब्याट केवल उत्पादन होइन, विश्वसनीयता र दीर्घकालीन सम्बन्धको प्रतीक हो’ उनले भने ।

बङ्गलादेशबाट आएका रहिमाफ्रुज ग्रुपका कार्यकारी निर्देशक फराज अब्दुर रहिम, प्रमुख कार्यकारी अधिकृत कम्रुल इस्लाम, अन्तर्राष्ट्रिय व्यापार प्रमुख जाकिर हुसेन र सार्क क्षेत्र प्रमुख अमिर हुसेन नोभलले ग्लोब्याटको अन्तर्राष्ट्रिय यात्रा र भविष्य योजनाबारे प्रस्तुति दिएका थिए ।

संसारभर लोकप्रिय रहेको यो ब्राण्ड छोटो समयमा नेपालमा पनि लोकप्रिय बनेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा बसास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्ताराज बतास, त्रिथुङ्गा ट्रेडिङका प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी तथा अन्य अतिथिहरुको सहभागिता थियो ।

देशभरका उत्कृष्ट डिलर तथा कर्मचारीलाई सम्मान

यसैबीच, कम्पनीले डिलरहरुलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ठ व्यावसायिक प्रदर्शन गर्ने विभिन्न १९ डिलरहरूलाई विभिन्न क्याटागोरीमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

पूर्व, पश्चिम, गण्डकी, काठमाडौं लगायतका क्षेत्रीय श्रेणीमा उत्कृष्ट विक्रेताहरू चयन गर्दै सम्मान गरिएको छ भने अजाम अटो विरिङ सेन्टरलाई नेपालको उत्कृष्ट डिलरको सम्मान प्रदान गरिएको छ । त्यस्तै, १० वर्षभन्दा बढी सेवा गरेका ७ कर्मचारी र तीन दीर्घकालीन डिलरहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमको अवसरमा ब्यापार समीक्षा, उत्पादन लन्च, प्रस्तुति, नेटवर्किङ, गेम्स र लाइभ म्युजिक जस्ता विभिन्न आकर्षक सेसनहरू सम्पन्न भएका छन् । ‘टुगेदर वि पावर’ नारालाई व्यवहारमा उतार्दै आपसी विश्वास र सहकार्यलाई थप बलियो बनाउन कार्यक्रम सहयोगी भएको विश्वास गरिएको छ । कार्यक्रममा देशभरका डिलरहरुको सहभागिता थियो ।

 

You might also like

Comments are closed.