सुनको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार रुपैयाँ थियो ।

jutta mela

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय १५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ७३ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like

Comments are closed.