सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार तोलामा ४ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ ।

सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि तोलाको ९७ हजार ७ सय रुपैयाँमा नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा नै कारोबार तोकिएको महासंघले जनाएको छ ।त्यस्तै, आज चाँदी मूल्य पनि स्थिर रहेको छ ।

सोमबार तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि १२ सय ५५ रुपैयाँ नै कायम गरिएको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.