सुनको मूल्यमा सामान्य बृद्धि

काठमाडौं ।  बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

तोलामा १ सय रुपैयाँले बढेसँगै आज तोलाको ९७ हजार ८ सय रुपैयाँ कारोबार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो सुनको मूल्य तोलाको ९७ हजार ७ सयरुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै आज जेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै चाँदी तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १२ सय ५५ रुपैयाँ मा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.