पुनः घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समयमा सुनचाँदीको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ । साताको अन्तिम दिन शुक्रबार पनि छापावाला सुनको मूल्य पनः तोलामा  ३ सय रुपैयाँले घटेको छ ।

आज तोलामा पनः ३ सय रुपैयाँ घटेसँगै  छापावाला सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार तोकिएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयामा कारोबार तोकिएको महासंघले जनाएको छ ।

MANASLU

बिहीबार तेजाबी सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रबार तोलामा २५ रुपैयाँले घटेसँगै चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.