बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेसँगै तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार तोकिएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार छापावाला सुन तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँमा कारोबार तोकिएको महासंघले जनाएको छ ।

शुक्रबार तेजाबी सुन तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १२ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको थियो ।

You might also like

Comments are closed.