आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो दिन आइतबार बढेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ ।

आइतबार तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार पनि सोही मूल्य कायमै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, हिजो तोलाको ९७ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आज सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

jutta mela

त्यस्तै, आज चाँदीको मूल्य मूल्य पनि स्थिर रहेको छ ।आइतबार तोलाको १२ सय रुपैयाँयामा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायमै रहेको महासंघले जनाएको छ ।

पछिल्लो समयमा सुनचाँदीको मूल्य बजारमा उतारचढापको अवस्था सृजना भइरहेको छ ।

You might also like

Comments are closed.