काठमाडौं । सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य मंगलबार भने सामान्य बढेको छ ।मंगलबार छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।
तोलामा १ सय रुपैयाँले बढेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार ६ सय रुपैयाँमा तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सोमबार तेजाबी सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै चाँदीमा पनि रु ५ रुपैयाँ बढेको छ । तोलामा ५ रुपैयाँ बढेसँगै चाँदी आज १२ सय ५ रुपैयाँमा कारोबार तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १२ सय रुपैयाँयमा कारोबार भएको थियो ।
Comments are closed.