काठमाडौं । सुनचाँदीको मूल्य लगातार ओरालो लाग्नेक्रम जारी रहेको छ । बुधबार सुनचाँदीको मूल्य फेरि ओरालो लागेको छ ।मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बुधबार पनि पुन: तोलामा २ सय रुपैयाँले घटेको छ ।
तोलामा २ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार छापावाला सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँमा हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९४ हजारमा कारोबार भएको थियो ।
बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।तोलामा ५ रुपैयाँ घटेसँगै आज चाँदी १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार १७५ रुपैयामा कारोबार भएको थियो ।
Comments are closed.