एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्यको उतारचढाव कायमै रहेको छ । बिहीबार घटेको सुनचाँदीको मूल्य शुक्रबार भने बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । तोलामा १ हजार रुपैयाँले बढसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार छापावाला सुनको तोलाको ९३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलाको १ हजार १ सय ५५रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.